उपेन्द्र द्विवेदी बने भारतको नयाँ सेना प्रमुख

उपेन्द्र द्विवेदी बने भारतको नयाँ सेना प्रमुख


काठमाण्डु–लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुखमा नियुक्त भएका छन् । यसै महिनाको अन्त्यमा उनी बहालबाला प्रमुख मनोज पान्डेको स्थान लिदैंछन् ।

द्विवेदी लामो समयसम्म जम्मु–कश्मीरमा कार्यरत थिए । उनी यसै वर्ष फरवरीमा थल सेना उपप्रमुखको पदभार ग्रहण गरेका थिए । त्यसअघि उनी २०२२ देखि २०२४ सम्म जनरल अफिसर कमाण्डिङ–इन–चीफको पदमा कार्यरत थिए ।

३९ वर्षको सैन्य सेवामा उनले अधिकांश समय चुनौतीपूर्ण माहोेलमा काम गरेका हुन् । उनी भारत–चीनबीच सीमा समस्या समाधान गर्ने समूहमा पनि कार्यरत थिए ।

भारतीय सेनाको आधुनिकीकरणमा उनको ठूलो योगदान छ । उनी सामरिक अध्ययन र सैन्य विज्ञानमा स्तातकोत्तरसम्म अध्ययन गरेका छन् ।