सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?


काठमाण्डु- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।