कुवेतमा आवासीय भवनमा आगलागी हुँदा ४१ भारतीयको मृत्यु

कुवेतमा आवासीय भवनमा आगलागी हुँदा ४१ भारतीयको मृत्यु


काठमाण्डु–कुवेतको मङ्गाफ शहरमा एउटा आवासीय भवनमा भीषण आगलागी भएको छ । आगलागीमा ४१ भारतीय नागरिकको मृत्यु भएको छ ।

कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले भीषण आगलागीको भएको र घटनामा कम्तीमा ४१ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा सबै भारतीय नागरिक रहेको उनले जनाएका छन् ।

त्यस भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्ने गरेको कुवेतका सञ्चारमाध्यमहरू जनाएका छन् । भवनमा १९५ जनाभन्दा बढी मानिस बस्दै आएका थिए । सरकारी अधिकारीहरूले जनाएअनुसार मृतक मध्ये ३० जना घाइते छन् भने ९० जनालाई उद्दार गरिएको छ ।

समाचारअनुसार बुधबार बिहान एउटा श्रम क्याम्पको भान्छा कोठामा आगो लागेको थियो । आगो फैलिएपछि अधिकांशको जलेर र धुवामा निसासिएर मृत्यु भएको छ ।