नेप्से परिसूचक ९.३२ अंकले घट्यो

नेप्से परिसूचक ९.३२ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक बिहीबार ९.३२ अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक घटेर २ हजार ११२ दशमलव २९ विन्दुमा झरेको छ ।

बिहीबार ३१३ कम्पनीका ७७ हजार ४०० पटकको कारोबारमा १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर खरिद–बिक्री भएको छ । आज कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ पैसा रहेको छ ।

बिहीबार सेन्सेटिभ इन्डेक्स ० दशमलव ७२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ४८ अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ११ अंकले घटेको छ ।

बिहीबार १३ उपसमूहमध्ये ११ वटा घटेको छ भने २ वटा मात्र बढेको छ । जसमा विकास बैंक र फाइनान्स कम्पनी क्रमशः ५३ दशमलव ७५, ४५ दशमलव ४७ अंकले बढेको छ । निर्जीवन बीमा कम्पनी र निर्माण कम्पनीहरूको परिसूचक बिहीबार सर्वाधिक घटेको छ ।

बिहीबार नेपाल फाइनान्स कम्पनीले २८ करोड ४७ लाख ३९ हजार ६९७ रुपैयाँको कारोबार गरेको छ ।