संयाेग कि सुनियाेजित? डिआर्इजी, एसपी र डिएसपीको एकैपटक सरुवा

संयाेग कि सुनियाेजित? डिआर्इजी, एसपी र डिएसपीको एकैपटक सरुवा


काठमाडाैं– दाङबाट एक प्रहरी अधिकारी र दुर्इ जना प्रहरी अधिकृतकाे एकैसाथ सरूवा भएकाे छ।

प्रहरी प्रधान कार्यालयले प्रदेश ५  का प्रहरी प्रमुख डिआर्इजी शेरबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरी शर्मा र ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख।  डिएसपी प्रकाश सापकोटाको एकैसाथ सरूवा गरेकाे हाे। उनीहरूकाे प्रहरी प्रधान कार्यालयमा सरूवा भएकाे छ।

डिआर्इजी पाँच महिनामा, एसपी तीन महिना नपुग्दै र डिएसपी सापकोटा भने ११ महिनामा सरुवा भएका हुन्।

प्रदेश प्रहरी प्रमुखमा डिअाइजी पिताम्बर अधिकारी आएका छन्।

प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई शुक्रबार साँझ काजसरुवा भएपछि उनको स्थानमा बेलबहादुर पाण्डेलाई दाङमा प्रहरी प्रमुखको जिम्मेवारी दिएर पठाउन लागेको जनाइएकाे छ।।  तुलसीपुर प्रहरी  प्रमुख  डिएसपी वीरेन्द्र शाही अाएका छन्।

प्रमुख जिल्ला अधिकारीकाे   गजेन्द्रबहादुर श्रेष्ठको ‘दबाब’ मा सरूवा भएकाे भन्दै चर्चा भइरहेका बेला श्रेष्ठले भने आफ्नो चरित्र हत्या गर्न खाेजिएकाे बताएका छन्।

‘मेरो कोहीसँग कुनै रिसिइवी छैन, मैले दबाब दिएको भन्ने कुरा सरासर झूटा हुन्,’ उनले भने।