काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ टी २० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र नेपालको खेल हेरिरहेका छन् ।
बालुवाटारबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षकसमेत रहेका प्रचण्ड र राखेपका सदस्य(सचिव टंकलाल घिसिङ वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी २० विश्वकपअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेलसँग हेरिरहेका हुन् ।
टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न सफल भएको छ । दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपालसामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
प्रतिक्रिया