सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने

सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने


काठमाण्डु- नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको नियुक्ति प्रक्रिया आइतबार टुंगिने भएको छ ।

गत चैत २५ गते अध्यक्ष पदका लागि ५ जनाको नाम सर्ट लिस्ट (छोटो सूची) गर्ने काम सम्पन्न भइसके पनि नियुक्ति प्रक्रिया रोकिएको थियो । रोकिएको दुई महीनापछि अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णयमा सिफारिस समिति पुगेको हो ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थमन्त्रालयका अर्थसचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला समेत रहेको तीन सदस्यीय सिफारिस समिति गत माघ ३ गते गठन भएको थियो ।

सिफारिस समितिले आइतबार तीन जनाको मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले तीन जनाबाट एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

बोर्ड अध्यक्षका लागि १९ जनाको आवेदन परेको थियो । जसमध्ये बोर्ड अध्यक्षका लागि छनोटमा पाँच प्रतिस्पर्धी मुक्तिनाथ श्रेष्ठ, सन्तोष नारायण श्रेष्ठ, कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाई र नवराज अधिकारी छन् ।

बोर्डको नेतृत्वमा सन्तोष नारायण श्रेष्ठ आउने सम्भावना बढेको स्रोत बताउंछ ।