काठमाण्डु- सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट सार्वजनिक गरेका छन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश सभामा आज (असार १ गते) बजेट प्रस्तुत भएको हो।
जसअनुसार सात वटा प्रदेश अर्थमन्त्रीहरूले आर्थिक वर्ष २०८१–८२ का लागि आज आ–आफ्नो प्रदेश सभाको बैठकमा कूल २ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका हुन् ।
कुन प्रदेशको कति बजेट ?
बागमती : ६४ अर्ब ५४ करोड
गण्डकी : ३२ अर्ब ९७ करोड
मधेस : ४३ अर्ब ८९ करोड
लुम्बिनी : ३८ अर्ब ९७ करोड
कोसी : ३५ अर्ब २७ करोड
सुदूरपश्चिम : ३१ अर्ब ६२ करोड
कर्णाली : ३१ अर्ब ४१ करोड
स्रोत, प्रदेश अर्थ मन्त्रालयहरू
प्रतिक्रिया