नेपाली क्रिकेट प्रशिक्षक देसाई भन्छन्-दक्षिण अफ्रिकासँगको हार स्वीकार्न गाह्रो तर ‘फुटप्रिन्ट’ छाड्यौं

नेपाली क्रिकेट प्रशिक्षक देसाई भन्छन्-दक्षिण अफ्रिकासँगको हार स्वीकार्न गाह्रो तर ‘फुटप्रिन्ट’ छाड्यौं


काठमाण्डु-नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले दक्षिण अफ्रिकासँगको हारलाई स्वीकार गर्न गाह्रो भइरहेको भएपनि गतिलो छाप छाड्न सफल भएको बताएका छन् ।

जारी टी–२० विश्वकपको पहिलो चरणअन्तर्गत बंगलादेशसँग सोमबार बिहान हुने खेलअघि आयोजित प्रि म्याच कन्फेरेन्समा उनले हार ब्यहोर्ने टिमलाई असफल भनिने गरेपनि कहिल्यै हराउन नसकेको दक्षिण अफ्रिकाविरुद्ध नेपालले ‘फुटप्रिन्ट’ छाडेको बताए ।

‘हामीले टेस्ट राष्ट्रलाई हामी पनि यो खेलका हौँ भन्ने बुझाएका छौँ’, उनले भने । प्रशिक्षक देसाईले नेपालले ‘मेन्टल स्ट्रेन्थ’ देखाउन आवश्यक भएको पनि बताए ।

नेपाल शनिबार बिहान भएको खेलमा १ रनले पराजित भएपछि सुपर–८मा पुग्ने सम्भावना समाप्त भएको थियो ।