सुनको मूल्य तोलामा एक हजार ६ सयले बढ्यो

सुनको मूल्य तोलामा एक हजार ६ सयले बढ्यो


काठमाण्डु – स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार आठ सय निर्धारण भएको जानकारी दिएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४२ हजार एक सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको थियो ।