टी-२० विश्वकप : सुपर-८ मा पुगे ७ टीम, अब यी दुईबीच हुनेछ प्रतिस्पर्धा

टी-२० विश्वकप : सुपर-८ मा पुगे ७ टीम, अब यी दुईबीच हुनेछ प्रतिस्पर्धा


काठमाण्डु-आईसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरण अन्तर्गतका खेलहरू लगभग अन्तिम अवस्थामा पुगेको छ । अहिलेसम्म भएका खेलहरूबाट ७ टीम सुपर–८मा स्थान बनाइ सकेका छन् ।

आइतबार बिहान भएको अस्ट्रेलिया र स्कटल्याडको खेलमा अष्ट्रेलियाको जित पछि इंग्लयाण्ड सुपर–८मा प्रवेश गर्ने सातौं टीम बनेको छ । आठ वटा टीम छनोट हुने सुपर–८मा अब एउटा टीम मात्र पुग्न बाँकी छ । अब यसका लागि दुई टीमबीच प्रतिस्पर्धा हुन बाँकी छ ।

सुपर–८का लागि बंगलादेश र नेदरल्यान्डबीच संघर्ष जारी छ । बंगलादेशलाई सुपर–८मा प्रवेश गर्न उसलाई समूह चरणको आफ्नो अन्तिम खेल जित्नै पर्ने हुन्छ ।

अंक तालिकामा बंगलादेश ३ खेल खेलेर ३ अंक बटुलेको छ । समूह ‘डी’ मा रहेको बंगलादेश अंक तालिकामा दोस्रोे स्थानमा छ । जबकी सोही समूहमा रहेको नेदरल्याण्ड पनि ३ खेल खेलेर २ अंक मात्र प्राप्त गरेको छ ।

बंगलादेशले समूह चरणको अन्तिम खेल सोमबार बिहान नेपालसँग खेल्दैछ । यदि बंगलादेश जित हासिल गर्छ भने सुपर–८मा प्रवेश पाउने आठौं टीम बन्नेछ । तर यदि नेपालसँगको खेलमा बंगलादेश पराजित हुन्छ र नेदरल्याण्ड आफ्नो अन्तिम खेलमा श्रीलंकामाथि विजय हासिल गर्छ भने नेट रन रेटका आधारमा सुपर–८मा प्रवेश पाउने छ ।

यदि नेदरल्याण्ड अन्तिम खेलमा पराजय हुन्छ भने सुपर–८ बाट बाहिरन्छ र अंक तालिकाअनुसार बंगलादेश सुपर–८मा खेल्नेछ ।

प्रतियोगिताको सुपर–८मा भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान, वेस्टइन्डिज, अमेरिका र इंग्ल्याड प्रवेश गरिसकेका छन् ।

सुपर–८मा प्रवेश गर्ने टीमले ३÷३ खेल खेल्नु पर्ने हुन्छ । त्यसपछि सेमीफाइनल र फाइनलको यात्रा सुरु हुन्छ ।

सुपर–८मा प्रवेश नपाएका पाकिस्तान, न्युजिल्याण्ड, श्रीलंका, नेपाल, युगान्डा, पापुआ न्यू गिनी, नामिबिया, ओमान, क्यानडा, स्कटल्याड र आयरल्याण्ड प्रतियोगिताबाट बाहिरिएका छन् ।