काठमाण्डु- वेस्ट इण्डिज र अमेरिकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकपको सुपर–८ मा पुग्ने टोलीको टुंगो लागेको छ । ग्रुप सी का दुई खेल हुन बाँकी रहँदै उपल्लो चरणमा पुग्ने टोलीको टुंगो लागेको हो ।
विश्वकपमा सुपर–८ मा पुग्ने आकलन गरिएका टेष्ट राष्ट्रहरू पनि पहिलो चरणबाटै बाहिरिएका छन् । पहिलो चरणबाट टेष्ट राष्ट्रहरू पाकिस्तान, न्युजिल्याण्ड, श्रीलंका र आयरल्याण्ड बाहिरिएका हुन् । अर्को टेष्ट राष्ट जिम्बाबे भने टी–२० विश्वकपको पहिलो चरणमै पुग्न सकेको थिएन ।
पाकिस्तान र आयरल्याण्ड ग्रुप ए मा थिए । पाकिस्तान दुई खेल जित्दै तेस्रो भएर र आयरल्याण्ड सबै खेलमा पराजित भएर बाहिरिएका हुन् ।
ग्रुप सीमा रहेको न्युजिल्याण्ड एक खेल जित्दै तेस्रो भएर बाहिरियो । ग्रुप डी मा रहेको श्रीलंका पनि एक खेल जित्दै तेस्रो भएर विश्वकपको पहिलो चरणबाटै बाहिरिएको छ । प्रत्येक ग्रुपबाट शीर्ष दुई टोली सुपर–८ का लागि छानिएका छन् ।
माथिल्लो चरणमा पुग्ने टोलीको टुंगो लागे पनि पहिलो चरणका दुई खेल खेल्न बाँकी छन् । न्युजिल्याण्ड र पपुवान्युगिनीबीच साँझ खेल हुने समय तालिका छ भने पहलिो चरणमा प्रवेश गरिसकेका वेस्ट इण्डिज र अफगानिस्तानबीच भोलि बिहान खेल हुनेछ ।
सुपर–८ मा ग्रुप ए बाट भारत र अमेरिका, ग्रुप बी बाट अस्ट्रेलिया र इंग्ल्याण्ड, ग्रुप सी बाट अफगानिस्तान र वेस्ट इण्डिज तथा ग्रुप डी बाट दक्षिण अफ्रिका र बंगलादेश पुगेका छन् । सुपर–८ मा पुगेको अमेरिका एसोसिएट राष्ट्र हो । पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै अमेरिका सुपर–८ मा पुगेको हो ।
सुपर–८ का खेलहरू भाृेलि साँझबाट सुरु हुनेछन् । सुपर–८ को पहिलो खेल अमेरिका र दक्षिण अफ्रिकाबीच हुने कार्यतालिका तय भएको छ ।
प्रतिक्रिया