डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु


काठमाडौं-डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खसेको हो। दुई जना घाइते भएका छन् ।

जीपमा १२ जना सवार थिए । ती यात्रुको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला, २४ वर्षीय कुमार रोकाय, सोही नगरपालिका–५ का १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका–५ का ३० वर्षीय भद्र रोकाय र १७ वर्षीया मनिषा धराला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले जानकारी दिए।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ का नन्दबहादुर थापा र सोही नगरपालिका–३ का चालक दिनेश बोहरा रहेका छन्। घाइते बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 शव नदीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल दुनै लगिएको छ । दुई जनाको भने नदीबाट जीवितै उद्धार गरिएको प्रजिअ थापाले बताए।