काठमाण्डु – कुमारी बैंक लिमिटेड र पशुपति रिक्रिएसन प्रालि (उप्स) धुम्बराही–काठमाण्डुबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जीपलाइन, क्लाइम्बिङ लगायत इन्डोर र आउटडोर खेलहरू खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा रिर्चाज गर्दा १०% बोनस रिचार्ज प्राप्त गर्न सकिने जनाइएको छ ।
बोनस सुविधाबाट ग्राहकले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै धेरै मनोरञ्जन प्राप्त गर्न सफल भएर ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्ने बैंकले जनाएको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाईहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया