नेप्से परिसूचक १०.४४ अंकले घट्यो

नेप्से परिसूचक १०.४४ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक बिहीबार १० दशमलव ४४ अंकले घटेको छ ।

आज घटेको नेप्से २ हजार ६८ दशमलव ३१ विन्दुमा झरेको छ ।

बिहीबार फाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

बिहीबार कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

बिहीबार ३०६ वटा कम्पनीका ८६ लाख ६३ हजार कित्ता शेयर ३ अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल कम्पनीको १७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।