आज कुकुरतिहार मनाइँदै

आज कुकुरतिहार मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–काठमाडौं – हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन मंगलबार कुकुरको पूजा गरी कुकुर तिहार पर्व मनाइँदैछ। घरको सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ। सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ।

कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिएको हो ।  मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान रहेको पं.बालमुकुन्द देवकोटा बताउँछन्।

मालिकप्रति बफादार रहने, कुनै खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता अनेक गुण कुकुरमा छन्। सुँघ्नसक्ने उच्च क्षमताका कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ। अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि कुकुर प्रयोग हुँदै आएको छ। यिनै गुणका कारण कुकुरको पूजा गरिएको धर्मशास्त्री भट्टराई बताउँछन्।

चतुर्दशीको बिहान झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसेर अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र ‘नरक जानु नपरोस्’ भन्ने उद्देश्यले बत्ती नदीमा बगाउने विधान पुराणमा पाइन्छ। यो दिनलाई नरक चतुर्दशी वा‘नर्के चतुर्दशी’ भनिन्छ।