चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकामा सशस्त्र प्रहरीको गुल्म स्थापना

चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकामा सशस्त्र प्रहरीको गुल्म स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी – चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको प्रवेशविन्दु मानिएको बेनी नगरपालिका–९ गलेश्वरमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको छ ।

कुश्मास्थित चण्डिका गणअन्तर्गत प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सो गुल्मको स्थापना गरिएको हो । गुल्ममा हाल ३५ प्रहरी खटिएका छन् । भौतिक पूर्वाधार निर्माण गरी जनशक्ति थप गरिने प्रहरी नायब उपरीक्षक अर्जुन कार्कीले बताए ।

यसअघि जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति थिएन । पर्वतको कुश्मास्थित गणले नै सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको थियो ।