टी–२० विश्वकप क्रिकेट खेलेर स्वदेश फर्किए सन्दीप लामिछाने

टी–२० विश्वकप क्रिकेट खेलेर स्वदेश फर्किए सन्दीप लामिछाने


काठमाण्डु – आईसीसी टी–२० विश्वकप खेलेर क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

राष्ट्रिय क्रिकेट टीमका अन्य खेलाडी ३ दिनअघि नै स्वदेश फर्किए पनि लामिछाने आज स्वदेश फर्किएका छन् ।

अमेरिकाको भिसा नपाएका कारण सन्दीप राष्ट्रिय टोलीसँगै नेपाल नफर्किएका जनाइएको छ । उनी क्यानडा हुँदै नेपाल आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले टी–२० विश्वकप खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको बताए ।

विश्वकपको अनुभव निकै स्मरणीय रहेको बताउँदै उनले टीममा अझै धेरै गर्न बाँकी रहेको बताए । साउथ अफ्रिकालाई दिएको चुनौती निकै राम्रो भए पनि अन्तिम बलमा जित्न नसक्दा दुःख लागेको उनले बताए ।

विभिन्न कारणले आफू केही समय क्रिकेटबाट बाहिर रहे पनि अब निरन्तर रूपमा लागिपर्ने उनले बताए ।