वर्तमान सरकार आफैं ढल्छ, कांग्रेस सत्ताको खेलमा छैन : डा. कोइराला

वर्तमान सरकार आफैं ढल्छ, कांग्रेस सत्ताको खेलमा छैन : डा. कोइराला


विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार आफैं ढल्ने टिप्पणी गरेका छन् ।

शनिबार विराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले नेपाली कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने बताए ।

राजनीतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई ७ वटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको उनले बताए । राजनीतिलाई आपराधिकीकरण गर्ने कार्य भइरहेकोप्रति सचेत हुन आग्रह गर्दै उनले राजनीतिज्ञ, व्युरोक्रेट र व्यवसायीहरू मिलेर मुलुकको ऐन/कानून र नियमलाई खिल्ली उडाउने काम भइरहेको बताए ।

राजनीतिमा आपराधिकीकरण बढ्दा मुलुकको अस्तित्व नै संकटमा पर्नसक्ने उनले बताए ।