चेक गणतन्त्र र जर्जियाले अंक बाँडे

चेक गणतन्त्र र जर्जियाले अंक बाँडे


काठमाण्डु- युरोकप फुटबल प्रतियोगिताको शनिबार राति सम्पन्न खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । उक्त नतिजासँगै दुबै टोलीले एक–एक अंक बाँडेका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा जर्जियाले खेलमा अग्रता लिएको थियो । जर्जियाका लागि जर्जेस मिकाउताडेजले पेनाल्टीमार्फत गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा जर्जिया अगाडि रह्यो ।

खेलको ५९ औँ मिनेटमा चेक गणतन्त्रले जवाफी गोल गर्यो । चेक गणतन्त्रका लागि प्याट्रिक सिकले जवाफी गोल गरेका थिए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् । समूह ‘एफ’ तालिकामा तीन अंकसहित टर्की पहिलो स्थानमा छ । पोर्चुगल पनि तीन अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । यी दुबै टोलीले एक–एक खेल खेलेका छन् ।