भारतले बंगलादेशलाई दियो १९७ रनको लक्ष्य

भारतले बंगलादेशलाई दियो १९७ रनको लक्ष्य


काठमाण्डु- आइसीसी टी२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले बंगलादेशलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनायो।

भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकिय पारी खेले। उनले २७ बलमा ५० रन पूरा गरे। विराट कोहलीले ३७ रनको योग्दान दिए। कप्तान रोहित २३, ऋषभ पन्त ३६, शिवम दुबे ३४ तथा सुर्यकुमार यादवले छ रन बनाए।

अक्षर पटेल ३ रनमा अविजित रहे।  बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट हात परे।