भारतका कप्तान रोहित शर्मा ९२ रन बनाएर आउट

भारतका कप्तान रोहित शर्मा ९२ रन बनाएर आउट


काठमाण्डु-  आइसीसी टी २० विश्वकप क्रिकेटको ‘सुपर ८’ अन्तर्गतको खेलमा अस्ट्रेलियाविरुद्ध भारतका कप्तान रोहित शर्मा आउट भएका छन् ।

सोमबार भइरहेको खेलमा अस्ट्रेलियाविरुद्ध ४१ बलमा ९२ रन बनाएर रोहित आउट भएका हुन् । रोहित आउट भएसँगै भारतले ३ विकेट गुमाएको छ ।

जारी खेलमा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले ब्याटिङ गरिरहेको छ ।