१३ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ

१३ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ


काठमाण्डु – कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्वास दिलाई नगद १३ करोड ७३ लाख ५२ हजार २५६ रूपैयाँ ठगी गरेको आरोपमा काठमाण्डुका विभिन्न स्थानबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–२ लाजिम्पाट बस्ने ६८ वर्षीय नरेन्द्र बज्राचार्य, काठमाण्डु महानगरपालिका–१६ बस्ने ५१ वर्षीय राजु महर्जन, ललितुपर महानगरपालिका–१० कुपण्डोल बस्ने ६२ वर्षीय राजेश कृष्ण श्रेष्ठ, पाल्पाको तानसेन नगरपालिका–६ घर भई काठमाण्डु महानगरपालिका–१३ बस्ने ५३ वर्षीय निरन्जन कुमार श्रेष्ठ, कास्कीको रूपा गाउँपालिका–७ घर भई काठमाण्डु महानगरपालिका–१५ बस्ने ५९ वर्षीय चिरञ्जिवी पौडेल र स्याङ्जाको वालिङ नगरपालिका–११ घर भई काठमाण्डुको टोखा नगरपालिका–७ बस्ने ६१ वर्षीय शान्ति रमण पंगेनी रहेका छन् ।

काठमाण्डु महानगरपालिका–२२ न्यूरोडस्थित कंलकी डेभलपर्स र मिला ल्याड डेभलपमेन्ट प्रालिका सञ्चालक समितिका अध्यक्ष नरेन्द्र समेतले कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्वास दिलाई पीडितहरूबाट रकम लिई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।

उनीहरूलाई जिल्ला अदालत काठमाण्डुबाट ३ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।