मदिरा खाएर वर्षेनि झन्डै ३० लाख मानिसको जान्छ ज्यान

मदिरा खाएर वर्षेनि झन्डै ३० लाख मानिसको जान्छ ज्यान


काठमाण्डु-विश्वभर मदिरा सेवनबाट वर्षेनि झन्डै ३० लाख जना मानिसको मृत्यु हुने गरेको पाइएको छ । सन् २०१९ को आँकडा अनुसार २६ लाख जना मानिसको मृत्यु मदिरा सेवनबाट भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो केही वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको डब्लुएचओको भनाइ छ । मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा विभिन्न कारण हुने २० वटा मृत्यु हुने घटनामा एक जनाको मदिराकै कारण हुने गरेको बताइएको छ ।

सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिरा खाएका कारण हुने मृत्यु हुने उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लुएचओले बताएको छ ।