आज लागुऔषध ओसारपसारविद्धको अन्तर्राष्ट्रिय दिवस

आज लागुऔषध ओसारपसारविद्धको अन्तर्राष्ट्रिय दिवस


काठमाण्डु-लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिन्छ ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रूपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

दिवसको अवसरमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखा मुल आयोजक समितिले विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दैछ ।

विश्वमा लागु औषधका प्रयोगले हरेक वर्ष एक लाख ९० हजार मान्छे मर्ने गर्दछन् भने यसको प्रयोग गर्ने मान्छेहरूको संख्या दिनप्रतिदिन बढ्दैछ ।

नेपालमा पनि लागु औषधको कारोबार र प्रयोग सन् १९६० पश्चातको हिप्पी संस्कारपछि बढ्दै गएको पाइन्छ ।