घरायसी विवादमा कोदालो प्रहार गरी भाउजुको हत्या

घरायसी विवादमा कोदालो प्रहार गरी भाउजुको हत्या


जनकपुरधाम – महोत्तरीमा कोदालो प्रहार गरी भाउजुको हत्या भएको छ ।

औरही नगरपालिका–४ कविलासाकी ५० वर्षीया रितादेवी यादवको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलाल जयसवालका अनुसार बुधबार साँझतिर देवर ४५ वर्षीय जतन यादवले कोदालो प्रहार गर्दा रिताको मृत्यु भएको छ ।

घरायसी विवादमा कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी रिताको जानकी एकेडेमी हस्पिटल रामगोपालपुरमा उपचारको क्रममा ६ बजेतिर मृत्यु भएको छ ।