काठमाण्डु-माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुँदैछ । एसईईको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट थाहा पाउन सकिन्छ ।
नतिजा सार्वजनिक भएपछि मोबाइलको एसएमएसमा SEE लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा पठाएर नतिजा थाहा पाउन सकिन्छ ।
यस्तै आईभीआरको माध्यमबाट पनि नतिजा हेर्न सकिन्छ । १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा सुन्न सकिन्छ । राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट result.see.gov.np/result मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ ।
यस्तै नेपाल टेलिकमको वेबसाईट www.see.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ ।
प्रतिक्रिया