काठमाण्डु-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन्। नतिजाअनुसार २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् । ५२.१४ प्रतिशत विद्यार्थीले एनजी अर्थात हाल अनुर्तिण भएका छन् ।
परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।
५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’
नतिजा अनुसार ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । यसपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।
२०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
नतिजा अनुसार १८६ जनाको ४ जिपिए ल्याएका छन्। परीक्षामा सहभागी ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गएको छ । आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्नुपर्नेछ ।
परीक्षाफल www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np लगायतका वेवसाइटमा हेर्न सकिन्छ ।
नेपाल टेलिकमको १६०० मा कल गरेर सुन्न सकिन्छ भने एसएमएस गर्दा SEE <space> SYMBOL NUMBER (उदाहरणका लागि, SEE 1234567A ) टाइप गरेर १६०० मा पठाउन सकिन्छ ।
नतिजा प्रकाशन भएको १ महिनापछि २ विषयसम्म एनजी आउनेले मौका परीक्षामा सहभागी हुन पाउने (पुरक) व्यवस्था रहेको छ । यसले गर्दा कक्षा ११ मा भर्ना भइ अध्ययन कार्य अगाडि बढाउन अर्को वर्ष कुर्न नपर्ने परीक्षा नियन्त्रण कार्यालयको भनाई छ ।
दुईभन्दा बढि विषयमा एनजी भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेडवृद्धिका लागि वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको छ ।
प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको छ ।
पुनर्योगका लागि परीक्षार्थीहरुलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । जस अनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयहरुको लागि यस कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्नेछन् ।
प्रतिक्रिया