काठमाण्डु – विकिलिक्सका संस्थापक जुलियन असान्ज १२ वर्षपछि बुधबार अष्ट्रेलियास्थित आफ्नो घरमा पुगेका छन् । बुधबार बिहान अमेरिकी न्यायालयमा आफूले गरेको गल्ती स्वीकार गरेपछि अमेरिकी न्यायाधीशले असान्जको रिहासम्बन्धी कागजमा हस्ताक्षर गरेपछि लगत्तै अष्ट्रेलिया उडेका थिए ।
अष्ट्रेलिया पुगेपछि क्यानबेरा विमानस्थलमा समर्थकहरूहरूलाई उनले हात हल्लाएर अभिवादन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । विमानस्थलमा असान्ज पुग्दा त्यही आइपुगेकी पत्नी स्टेल्लालाई उनले तानेर अंकमाल र चुम्बन गरेका थिए ।
५२ वर्षीय असान्ज सोमबार लन्डनस्थित जेलबाट मुक्त भएका थिए । अमेरिकी प्रशासनसँगको सहमतिअनुसार बुधबार उनले अमेरिकी अदालतमा पुगेर गल्ती महसुस गरेपछि उनी घर फर्किन पाएका हुन् ।
प्रतिक्रिया