काठमाण्डु – यस वर्षको एसईई परीक्षामा प्रदेशगत हिसावले सबैभनदा राम्रो नतिजा बागमती प्रदेशमा र सबैभन्दा नराम्रो नतिजा सुदूरपश्चिम प्रदेशमा आएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको एसईई परीक्षामा बागमती प्रदेशको समग्र नतिजा अरु प्रदेशको तुलनामा राम्रो देखिएको छ । यस प्रदेशबाट ९९ हजार ८७२ विद्यार्थीले एसईई दिएका थिए । त्यसमध्य ३३ हजार ८४३ अर्थात्, ३३ दशमलव ८८ प्रतिशत ननग्रेडिङ भएका छन् । ती मध्ये १६ हजार १४६ छात्र र १७ हजार ६९७ छात्रा छन् ।
उत्कृष्ट जीपीए ३.६० देखि ४० ल्याउनेमा पनि बागमती सबैभन्दा अगाडि छ । यो प्रदेशका १५ हजार ७ सय ६६ विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।
बागमतीपछि गण्डकी प्रदेशमा कम विद्यार्थी ननग्रेडिङ भएका छन् । यहाँबाट ४० हजार ५२६ विद्यार्थी सहभागी भएकोमा ५० दशमलव ०२ प्रतिशत अर्थात् २० हजार २७५ ननग्रेडिङ भए । तीमध्ये ९ हजार ९ सय ३१ छात्र र १० हजार ३४४ छात्रा छन् । गण्डकीका २ हजार ९६९ विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।
सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशका विद्यार्थी (ननग्रेडिङ) भएका छन् । सुदूरपश्चिमबाट ५३ हजार ४ सय ४६ विद्यार्थीले एसईई दिएका थिए । त्यसमा ३६ हजार ४ सय १० अर्थात् ६८ दशमलव १२ प्रतिशत ननग्रेडिङ भए । ननग्रेडिङ हुनेमा १६ हजार ३७२ छात्र र २० हजार ३८ छात्रा छन् । सुदूरपश्चिमका ७९० विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् ।
सुदूरपश्चिमपछि धेरै विद्यार्थी लुम्बिनी प्रदेशमा ननग्रेडिङ भएका छन् । लुम्बिनीका ८० हजार ३२७ विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षा दिएकामध्य ६१.२७ प्रतिशत अर्थात् ४९ हजार २२४ ननग्रेडिङ भए । २३ हजार १३५ छात्र र २६ हजार ८४ छात्रा छन् । लुम्बिनीमा ३ हजार २ सय ९० विद्यार्थीले उत्कृष्ट नतिजा ल्याए ।
तेस्रो धेरे ननग्रेडिङ ल्याउने प्रदेश कर्णाली देखिएको छ । कर्णालीका ३५ हजार ३४ विद्यार्थीले एसईई दिएका थिए । त्यसमध्य २० हजार ३ सय ८० अर्थात् ५८.१७ प्रतिशत ननग्रेडिङ भए । त्यसमा ९ हजार ६४५ छात्र र १० हजार ७३४ छात्रा छन् । कर्णालीबाट ४४१ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् ।
कोशी प्रदेशमा ५२.५० प्रतिशत विद्यार्थी ननग्रेडिङ भएका छन् । कोशी प्रदेशका ७५ हजार ९८८ परीक्षार्थीमध्ये ३९ हजार ८९५ ननग्रेडिङ भएका छन् । त्यसमा छात्रा २० हजार ६१३ र छात्र १९ हजार २८२ छन् ।
मधेशबाट ७९ हजार ५९२ विद्यार्थीले एसईई दिएकोमा ५३.१२ प्रतिशत अर्थात् ४२ हजार २८६ विद्यार्थी ननग्रेडिङ भए । त्यसमा २२ हजार ७४७ छात्रा र १९ हजार ५३७ छात्र छन् । मधेशमा ३ हजार ९५७ विद्यार्थीले ३.६० देखि ४ जीपीएको उत्कृष्ट नतिजा ल्याएका छन् ।
प्रतिक्रिया