नेप्से परिसूचक ८.२४ अंकले घट्यो

नेप्से परिसूचक ८.२४ अंकले घट्यो


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ८.२४ अंकले घटेको छ ।

नेप्से घटेर बिहीबार २ हजार ५१ दशमलव ९२ विन्दुमा झरेको छ ।

बिहीबार ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता शेयर ५० हजार २८१ पटक खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ मा खुम्चिएको छ ।

बिहीबारको कारोबारपछि कूल बजार पुँजीकरण ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख ७० हजार बराबर कायम भएको छ ।

बैंकिङ, म्युचुअल र अन्य समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह २ दशमलव २३ र व्यापार समूह १ दशमलव ३९ प्रतिशतले घटेको छ ।

विकास बैंक ० दशमलव ४३, होटल तथा पर्यटन ० दशमलव ५१, जलविद्युत् ० दशमलव ४५, लगानी ० दशमलव २०, जीवन बीमा ० दशमलव ९९, उत्पादन तथा प्रशोधन १ दशमलव १७, लघुवित्त ० दशमलव ९५ र निर्जीवन समूह ० दशमलव ६६ प्रतिशतले घटेको छ ।

त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य बिहीबार सबैभन्दा धेरै ७ दशमलव ०९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा बिहीबार सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २२ अर्ब ७६ करोड ४१ लाख ८०९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ४ लाख २ हजार ४९९ कित्ता शेयर किनबेच भएको छ ।