काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्ता तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीबाट ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा तेलीमाथि बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा कित्ताकाट गरी बिक्री तथा अंशबण्डा गर्ने प्रयोजनार्थ तेलीले सेवाग्राहीबाट ३५ हजार घुस लिएको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेकोमा बिहीबार मुद्दा दायर गरिएको छ ।
प्रतिक्रिया