कांग्रेस महामन्त्री थापा कतार प्रस्थान, जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुने

कांग्रेस महामन्त्री थापा कतार प्रस्थान, जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा कतार प्रस्थान गरेका छन् ।

कांग्रेसनिकट नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन थापा बिहीबार कतार प्रस्थान गरेका छन् ।

सम्पर्क समितिको कार्यक्रमका क्रममा उनी ३ दिन कतारमा रहने जनाइएको छ ।

महामन्त्री थापासँगै नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल पनि कतार प्रस्थान गरेका जनाइएको छ ।