भूमध्यसागर क्षेत्रमा दुई हजार शरणार्थीको डुबेर मृत्यु’

भूमध्यसागर क्षेत्रमा दुई हजार शरणार्थीको डुबेर मृत्यु’


जेनेभा – सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म भूमध्यसमगर क्षेत्रमा यूरोप जाने क्रममा डुबेर मृत्यु हुने शरणार्थीको सङ्ख्या दुई हजार पुगेको राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घले भनेको छ मृत्यु हुनेमा आधाभन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको थियो ।

“गत हप्ता पनि स्पेनी सामुद्रिक किनारामा १७ जनाको डुबेर मृत्यु भएसँगै यस बर्ष मृत्यु हुनेको सङ्ख्या दुई हजार भन्दा बढी भएको हो,” राष्ट्रसङ्घ शरणार्थी निकायका प्रवक्ता चार्ली याक्सलेले बताए ।

उनले यस बर्ष यूरोप पुग्ने आप्रबासी तथा शरणार्थीको सङ्ख्या एक लाख पाँच हजार व्यक्ति रहेका बताए । यस बर्ष यात्राका क्रममा डुबेर मृत्यु हुनेको सङ्ख्या निकै बढेको यूएनएचसीआरले जनाएको छ । एएफपी