काठमाण्डु – बचतकर्ताको ६ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोपमा लालीगुरांस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । ललितपुरको पुल्चोकस्थित उक्त सहकारी संस्थाका प्रमुख भण्डारीलाई अपराध महाशाखाको टोलीले शुक्रबार राति प्रक्राउ गरेको हो ।
भण्डारी नेपाली कांग्रेसको केन्द्रीय सहकारी विभागका प्रमुख हुन् । उनले नेतृत्व गरेको लालीगुरांस सहकारीले बचतकर्ताको ६ अर्बभन्दा बढी रकम अपचलन गरेको उजुरी परेदेखि नै उनि फरार थिए ।
भण्डारीविरुद्ध धेरै ऋणीहरुको धितो समेत जर्बजस्ती लिलाम गरेको आरोपमा उजुरी परेपनि शक्तिकेन्द्रको दबावमा उनि बच्दै आएका थिए । उनिमाथि सम्पति शुद्धिकरणमा उजुरी समेत छ ।
प्रतिक्रिया