आज गोवर्धनपूजा, गाई र गोरुको पनि पूजागरि बनाइदैं

आज गोवर्धनपूजा, गाई र गोरुको पनि पूजागरि बनाइदैं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – कार्तिक शुक्ल प्रतिपदा यमपञ्चक अर्थात् तिहारको चौथो दिन बिहीबार गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । आजको दिन बिहानै गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ। भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि गोवर्धन पर्वतको पूजा गर्ने परम्परा चलेको पुराणहरूमा उल्लेख छ। गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत पार्न नहुने सन्देश पाइन्छ।

गोवर्धनपूजाका अवसरमा देवालय तथा अन्य बाटाहरूमा तोरण टाँग्ने लगायतका कार्य गरेर उत्सव मनाउने विधान छ। धार्मिक ग्रन्थअनुसार गोबर्धन पूजाको दिन बलिराजाको पूजा गरिन्छ। यो दिन राम्रो लगाउने, नाचगान गर्ने, मिठो खाएर रमाइलो गर्नुपर्ने शास्त्रमा उल्लेख छ। उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी (द्यौसी) खेल्ने परम्परा छ।

देउसीसँगै स्थान विशेषअनुसार बालन, खैंजडी भजन गाउने्खेल्ने चलन पनि छ। यो अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ। बिहीबार नै गाई, गोरुको पूजा पनि गरिँदैछ। गाई, वृद्धसम्मका लागि उपयोगी मानिन्छ। दूधबाट बन्ने दही र घ्यु पनि पोषिला हुन्छन्। गोबर र गहुँतमा असाध्य रोग निको हुने औषधीय गुण हुने बताइन्छ। गाईलाई सनातन वैदिक समाजमा लक्ष्मीकै स्वरूप मानी पूजा गर्ने चलन छ।