प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाण्डु – सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रबीच आपसी शंका बढेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्दैछ ।

बैठकमा नियमित एजेन्डामा छलफल हुने जनाइएको छ । नियमित एजेन्डामा मुख्यसचिवको नियुक्तिले पनि प्रवेश पाउनसक्ने स्रोतले जनाएको छ । बहालवाला मुख्यसचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि मुख्यसचिव पद रिक्त छ ।