प्रधानमन्त्री बन्ने प्रश्नमा एमाले अध्यक्ष ओलीको जवाफ : यस वर्ष त त्यस्तो लाग्दैन खोइ !

प्रधानमन्त्री बन्ने प्रश्नमा एमाले अध्यक्ष ओलीको जवाफ : यस वर्ष त त्यस्तो लाग्दैन खोइ !


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्ने सम्भावनालाई अस्वीकार गरेका छन् ।

संसद् परिसरमा सोमबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस वर्ष त्यस्तो सम्भावना नरहेको प्रतिक्रिया दिए ।

सञ्चारकर्मीले ‘तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ, कहिले हो शपथ ?’ भनेर प्रश्न गर्दा ओलीले भने, ‘यस वर्ष त त्यस्तो लाग्दैन खोइ !’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच भेटघाट भएपछि सरकारले फेरबदलको चर्चा चलेको छ ।