दिपावलीको बेला भारतिय प्रधानमन्त्री चीन-भारत सिमामा 

दिपावलीको बेला भारतिय प्रधानमन्त्री चीन-भारत सिमामा 


काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र चीनको सीमानामा रहेको हर्षिल आर्मी क्याम्प पुगेका छन् । उनले त्यहा पुगेर सेना र आइटीबीपीका जवानलाई लड्डु खुवाएको तस्विर भारतिय संचारमाध्यमहरुले सार्वजनिक गरेका छन् । 

सेना र आइटीबीपीका जवानको हौसला बढाउन प्रधानमन्त्री मोदी उक्त स्थान पुगेको जनाइएको छ । उनले दिपावलीको अवसरमा उनले जवानलाई मिठाई खुवाएर शुभकामना समेत दिएका थिए । मोदी त्यहाबाट केदारनाथ धाम पुग्नुको साथै  बाबाको दर्शन समेत गरेका थिए । 

प्रधानमन्त्री मोदी बुधवार एक दिनका लागि उत्तराखण्ड भ्रमण गर्न जौलीग्रान्ट एयरपोर्टमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । मोदीको सुरक्षा व्यवस्था हवाइदेखि जमिनसम्म थियो । साथै खुफिया एजेन्सियालाई पनि अलर्टमा राखिएको थियो ।

मोदी दिल्लीबाट सेनाको विशेष विमानबाट विहान ६ बजेर ४७ मिनेट जौलीग्रान्ट एयरपोर्ट पुगेका थिए । जौलीग्रान्ट एयरपोर्टबाट मोदी ७ बजेर १०मिनेट तिर सेनाको ४ एम आई (१७ हेलिकप्टरको सुरक्षा सहित उत्तरकाशी जिल्लामा भारत चीन सीमाना हर्षिलका लागि प्रस्थान गरेका थिए । मोदीले त्यहा सैन्य अधिकारीसंग छलफल समेत गरेका थिए ।