काठमाण्डु – नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाउने सहमति गरेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिन सचिवालय बैठक बोलाएको छ ।
मंगलबार दिउँसो बस्ने सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिने स्रोतले जनाएको छ ।
सोमबार राति कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाएर जाने सहमति गरेका छन् । सहमतिअनुसार दुवै दलले संविधान संशोधनको एजेन्डालाई प्रमुखताका साथ लिएका छन् ।
प्रतिक्रिया