कांग्रेस–एमाले मिलेपछि शेयर बजारमा खुशीयाली, नेप्से परिसूचक ४७.०४ अंकले बढ्यो

कांग्रेस–एमाले मिलेपछि शेयर बजारमा खुशीयाली, नेप्से परिसूचक ४७.०४ अंकले बढ्यो


काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ गठबन्धन बन्ने भएपछि मंगलबार शेयर बजारमा खुशीयाली छाएको छ ।

मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २ हजार १००.४३ बिन्दुमा पुगेको छ ।

नेप्सेमा ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ ।

शेयर बजारमा सबैभन्दा बढी नाफा हिमालयन डिष्टिलरी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयर मूल्य ८ प्रतिशत बढेको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको १२ करोड ३३ लाख ८५ हजार ५६९ रुपैयाँ २० पैसा बराबरको शेयर कारोबार भएको छ ।

मंगलबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ ।

सोमबार झण्डै ३ अर्बको कारोबार भएकोमा मंगलबार ३१५ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।