एमालेले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने

एमालेले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेससँग नयाँ सहमति जुटेपछि नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले आज एमालेका मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिएको समर्थ फिर्ता लिने जानकारी दिए ।

मंगलबार बसेको एमाले केन्द्री सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । दाहालले राजीनामा नगर्ने बताएपछि एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।

यसबारेको निर्णय दिउँसो तीन बजेपछि हुनेछ ।

सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती छन् ।

संविधान संशोधनसहित सत्तासहकार्य गर्ने सहमति नेपाली कांग्रेससँग एमालेले सोमबार राति गरेको थियो ।