नेप्से परिसूचक ३.७९ अंकले बढ्यो

नेप्से परिसूचक ३.७९ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार परिसूचक नेप्से बुधबार ३.७९ अंकले बढेको छ ।

मंगलबार सरकार परिवर्तनको हल्लाले नेप्से ४७ अंकमाथि बढेको थियो । बुधबार नेप्से बढेर २ हजार १०४.२२ विन्दुमा पुगेको छ ।

बुधबार ५ अर्ब ८ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता शेयर कारोबार भएको छ । यसअघि मंगलबार ४७ अंकले सूचक बढेर ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ४५ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको थियो ।

आज बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेष्टमेन्ट र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् ।

कूल २४६ कम्पनीमध्ये बुधबार १०१ कम्पनीको शेयर मूल्य बढ्दा १३६ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।