अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ


काठमाण्डु – प्रहरीले काठमाण्डु र बर्दियाबाट अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको कीर्तिपुर नगरपालिका–६ जाल्पादेवी मन्दिर एरियाबाट अवैध लागूऔषध ब्राउनसुगर ३४ ग्राम ४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इलाम घर भएका २१ वर्षीय राजकुमार सुनुवार र २१ वर्षीय मनिराज मुखिया छन् । जिल्ला प्रहरी परिसर काठमाण्डु र प्रहरी वृत्त कीर्तिपुरबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५३२ ग्रामसहित स्थानीय ३६ वर्षीय गणेश चपाईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।