काठमाण्डु – राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् ।
बुधबार दिउँसो बालाजु क्षेत्रबाट उनलाई पक्राउ गरिएको काठमाण्डु प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
सहकारीको बचत हिनामिना गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ । उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक हुन् ।
सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।
प्रतिक्रिया