काठमाण्डु- नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु भएको छ । नेतृत्व चयनमा सहमति हुन कठिनाइ भइरहेका बेला निर्वाचन समितिले भने प्रक्रिया अघि बढाएको हो । जसअनुसार निर्वाचन समितिले मतदाता नामावली प्रकाशनलगायत कार्य गरिसकेको छ ।
साथै समितिले विभिन्न पदका निम्ति उमेदवारी शुल्कको सूची पनि सार्वजनिक गरेको छ । अध्यक्षदेखि सचिवसम्म प्रति उम्मेदवार शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ । बाँकीका लागि दुई हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।
महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरिनेछ ।
यस्तो छ उमेदवारी दर्ता शुल्कको सूची
प्रतिक्रिया