नेप्से परिसूचक १५.४६ अंकले बढ्यो

नेप्से परिसूचक १५.४६ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक बिहीबार १५.४६ अंकले बढेको छ ।

बुधबार नेप्से ३.७९ अंकले बढेको थियो । बिहीबार बसेको नेप्से २ हजार ११९.६९ विन्दुमा पुगेको छ ।

बिहीबार सेन्सेटिभ इण्डेक्स ०.४९ प्रतिशतले बढेर ३७४.७० विन्दुमा अडिएको छ । बिहीबार ३१३ स्क्रिप्सको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर ६ अर्ब ४८ करोड २५लाख ४६ हजार ९८० रुपैयाँमा खरिदबिक्री भएका छन् ।

बिहीबार आँखुखोला जलविद्युत्को शेयर १० प्रतिशत, समाज लघुवित्त वित्तिय संस्थाको शेयर ९.२३ प्रतिशत, आराम्भ चौतारी लघुवित्तको ७.३३ प्रतिशत, सांग्रिला डेभलपेन्टको ६.४२ र एक्सेल डेभलपमेन्ट बैंकको शेयर ६.० प्रतिशतले बढेको छ ।

बिहीबार कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । एनआरएनको ३० करोड मूल्य बढीको शेयर कारोबार भएको छ ।

नेपाल फाइनान्स र महालक्ष्मी विकास बैंकले १७/१७ लाख मूल्य बढीको शेयर कारोबार गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकको १५ करोड र मञ्जुश्री फाइनान्सको १४ करोड मूल्य बराबरको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका १४९ स्टकको मूल्य बढ्दा ९२ वटाको स्टकको मूल्य घटेको छ भने ६ स्टकको मूल्य स्थिर रहेको छ ।