महिला राष्ट्रिय क्रिकेट टीमकी अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय

महिला राष्ट्रिय क्रिकेट टीमकी अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय


काठमाण्डु – नेपाली महिला राष्ट्रिय क्रिकेट टीमकी खेलाडी अप्सरी बेगमलाई निलम्बन गरिएको छ ।

टीम व्यवस्थापक र प्रशिक्षकलाई अभद्र व्यवहार गरेकाले उनलाई निलम्बन गरिएको नेपाल क्रिकेट संघले जनाएको छ ।

संघको असार २० गते बसेको केन्द्रीय समितिको बैठकले बेगमलाई निलम्बन गरेको छ । श्रीलंकामा सञ्चालन हुने वोमेन्स टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको बन्द प्रशिक्षण शिविरमा बेगमले अभद्र व्यवहार गरेको क्यानको दाबी छ ।

‘अप्सरी बेगमले संघको आचारसंहिता उल्लंघन गरेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको हुँदा निज खेलाडीलाई तत्कालका लागि निलम्बन गर्ने र थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरियो,’ संघका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

१९ देखि २८ जुलाईसम्म श्रीलंकामा एसिया कप सञ्चालन हुँदैछ ।