मधेश प्रदेशका मुख्यमन्त्रीले गरे चार दलका ६ मन्त्रीलाई बर्खास्त

मधेश प्रदेशका मुख्यमन्त्रीले गरे चार दलका ६ मन्त्रीलाई बर्खास्त


काठमाण्डु- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चार वटा दलका ६ मन्त्रीलाई बर्खास्त गरेका छन्।

शनिबार विश्वासको मत लिनु अघि मुख्यमन्त्री सिंहले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरु बर्खास्त गरेका हुन् ।

माओवादी केन्द्रबाट मन्त्री बनेका अर्थमन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट मन्त्री बनेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने र उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रम तथा यातायात मन्त्री उर्मिलादेवी सिंह चौधरी र संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी की गृह, संचार तथा कानुनमन्त्री बिमला अन्सारी बर्खास्तीमा परेका छन् ।

मुख्यमन्त्री सिंहले उनीहरूलाई बर्खास्तसहित मन्त्रिपरिषद पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाएका छन् ।