गृहमन्त्री लामिछानेले गरे आपतकालीन बैठक

गृहमन्त्री लामिछानेले गरे आपतकालीन बैठक


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालयमा सुरक्षा निकायका अधिकारीसँग आपतकालीन बैठक गरेका छन् ।

अविरल वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न गृह मन्त्रालयमा आपतकालीन बैठक बसेको छ ।

गृहमन्त्री लामिछानेको उपस्थितिमा भएको बैठकमा गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारी लगायतको उपस्थिति छ ।

शुक्रबार रातिदेखिको अविरल वर्षाले देशका विभिन्न भागका राजमार्ग र सडक अवरुद्ध भएका छन् । पहाडी क्षेत्रमा पहिरोको प्रकोप छ भने तराईका कतिपय बस्ती डुबानमा परेका छन् ।